१० वर्षकी बालिकाले आफ्नो ‘पकेट खर्च’ दिएर मातापिताको लागि सपनाको घर किनिदिइन्

डिसी नेपाल
१८ माघ २०७७ १४:३३
172
Shares

काठमाडौं। १० वर्षकी एक बालिकाले आफ्ना मातापिताले सपनाको घर किन्न खोजेको केही समयदेखि हेरिरहेकी थिइन् । एक वर्षदेखि उनका मातापिताले घर किन्नको लागि पैसा जम्मा गरिरहेका थिए । जब उनीहरुले घर किन्नको लागि पर्याप्त पैसा जुटाए त्यसपछि घर खोज्न थाले । तर, त्यही समयमा घरको मूल्य बढ्यो । मातापिताले आफूहरुको लागि सपनाको घर त भेटे तर त्यसको मूल्य उनीहरुको बजेटभन्दा धेरै थियो । अन्ततः बालिकाले आफ्नो पकेट खर्च दिएर घर किनिदिएकी छिन् ।

द सनको रिपोर्टअनुसार घटना अस्ट्रेलियाको हो । बेक ताउजेल र उनका श्रीमान एक वर्षअघि न्यू साउथ वेल्स गएका थिए । उनीहरुले त्यहाँ गएपछि घर किन्ने स्थिति नहुँदासम्म भाडामा बस्ने निर्णय गरे । दुई सन्तानकी आमा बेकका अनुसार उनीहरुको परिवार जब घर किन्ने स्थितिमा पुग्यो त्यही समय घरको मूल्य बढ्न थाल्यो । उनीहरुले १० वटा घरको प्रस्ताव अस्वीकार भइसकेपछि मात्र सपनाको घर भेटे । तर, एउटै समस्या त्यो घर उनीहरुको बजेटबाट बाहिर थियो ।

बेकका अनुसार उनीहरुले घर खोज्दै गर्दा उनीहरुका छोरीहरुले पनि यसबारे चासो दिन्थे । तर, १० वर्षकी छोरी निकै चासो राख्थिन् । अन्ततः उनले मातापिताको लागि एउटा पत्र लेखिन् र आफ्नो पकेट खर्चबाट जम्मा भएको ११ डलर ७५ सेन्ट (१ हजार ४६ नेपाली रुपैयाँ) मातापितालाई पठाइन् । पत्रमा लेखिएको थियो ‘प्रिय मातापिता, यो अब तपाइँहरुको पैसा हो र तपाइँहरुले चाहेमा यसलाई घर र अन्य कुराहरुमा खर्च गर्न सक्नुहुन्छ । अब यसलाई फिर्ता नगर्नु, यो तपाइँहरुकै हो ।’

छोरीको पत्र पाएपछि उनले यो पत्र उनीहरुलाई घर बेच्न चाहेका घरधनीलाई पठाइन् र साथमा एउटा नोटमा लेखिन् ‘११.७५ डलरको महत्व धेरै हुन्छ जब तपाइँ १० वर्षको हुनुहुन्छ ।’ सौभाग्यवश ४ जनाको यो परिवारको लागि सानी बालिकाको पत्रले काम गर्यो । केही समयको छलफलपछि अन्ततः घरधनीले उनीहरुले चाहेकै मूल्यमा घर बेच्न राजी भए जबकि उनीहरुलाई त्योभन्दा महंगो कूल्य तिर्न पनि अन्य ग्राहकहरु तयार थिए । बेकले फेसबुकमा लेखेकी छिन् ‘उनीहरुले भने कि उनीहरुका पनि २ छोरी छन् र उनीहरुले आफैंले पहिलो घर खोज्दाका दुःखहरु सम्झिए । अहिले एक महिनादेखि हामी हाम्रो सुन्दर नयाँ घरमा छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *