सभामुखद्वारा संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण बहिष्कार
फाइल
काठमाडौं। सभामुख अग्नि सापकोटाले संवैधानिक आयोगका पदाधिकारीको शपथ बहिष्कार गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायका पदाधिकारीलाई बुधबार विहान शपथ ग्रहण गराएकी थिइन्। उक्त शपथ कार्यक्रममा सभामुख अग्नि सापकोटा भने सहभागी भएनन्।
‘संविधान मिचिएको साक्षी बन्न सभामुख किन जाने?,’ सभामुख निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘सुनुवाई समिति नरहेकाले सुनुवाई गर्न नसकिने भनेर पत्र फिर्ता पठाएपछि फेरि संविधान मिचिएको हेर्न सभामुख त्यहाँ जाने कुरै भएन।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment