स्वेडेनकी पर्यावरण अभियन्ता ग्रेटा थनबर्गविरुद्ध दिल्लीमा मुद्दा दर्ता

डिसी नेपाल
२२ माघ २०७७ १७:००
252
Shares

काठमाडौं। स्वेडेनकी पर्यावरण अभियन्ता ग्रेटा थनबर्गविरुद्ध भारतको राजधानी दिल्लीमा मुद्दा दर्ता भएको छ । भारतमा भइरहेको किसान आन्दोलनका विषयमा टिप्पणी गरेका कारण ग्रेटाविरुद्ध दिल्ली पुलिसले एफआइआर दर्ता गरेको हो । ग्रेटाले भारतमा कृषि कानुनको विरोधमा किसानहरुले गरिरहेको आन्दोलनका विषयमा ट्वीट गरेकी थिइन् ।

पुलिसले यी ट्वीटले आन्दोलन भड्काउने र देशको छवि खराब गर्ने खालका भएको भन्दै पुलिसले एफआइआर दर्ता गरेको हो । पुलिसले ग्रेटाविरुद्ध आइपीसी धारा १२० बी, १५३ ए र आइटी एक्ट अनुसार एफआइआर दर्ता गरेको हो । यसअघि हलिउड गायिका रिहानाले पनि किसानको समर्थनमा ट्वीट गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *