संयुक्त राष्ट्रसंघले म्यानमारको सैन्य कूको निन्दा गर्न पाएन

डिसी नेपाल
२३ माघ २०७७ १०:३९
2.8k
Shares

काठमाडौं। चीन र रुसले संयुक्त राष्ट्रसंघलाई म्यानमारमा भएको सैन्य कूको निन्दा गर्नबाट रोकेका छन् । मंगलबार संयुक्त राष्ट्रसंघको १५ सदस्यीय सुरक्षा परिषदको बैठक बसेको थियो । बैठकमा म्यानमारमा भएको सैन्य कूको निन्दा गर्ने र म्यानमारको सेनासँग गैरकानुनी हिरासतमा लिइएका सबै नेताहरुलाई तत्काल रिहा गर्न माग गर्ने प्रस्तावमाथि मतदान हुने तय थियो । तर, चीन र रुसका प्रतिनिधिहरुले यो प्रस्ताव पारित गर्न मानेनन् ।

बिजनेस इनसाइडरमा प्रकाशित रिपोर्टअनुसार सुरक्षा परिषदमा रुस र चीनका प्रतिनिधिहरुले यो प्रस्तावको पक्षमा मतदान गरेर यसलाई पारित गर्नुअघि आफूहरुले मस्को र बेइजिङबाट अनुमति पाउनुपर्ने बताएर प्रस्ताव पारित गर्न केही समय मागेका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको स्थायी सदस्य भएका हैसियतले रुस र चीनसँग सुरक्षा परिषदमा आएका कुनै पनि प्रस्तावमा ढिलाइ गर्ने वा भिटो प्रयोग गर्न पाउने अधिकार छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *