चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय मुद्रा बनाउने प्रयास गर्दै
काठमाडौं। विश्वको सबैभन्दा ठूलो विद्युतीय भुक्तानी प्रणाली र चीनको प्रस्तावित केन्द्रीय बैंक डिजिटल मुद्राका लागि जिम्मेवार विभागबीचको सहकार्यलाई चीनले आफ्नो स्वायत्त मुद्रालाई विश्वव्यापी रुपमा प्रयोगका ल्याउने प्रयास गरिरहेको र आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरिरहेको रुपमा हेरिएको छ । अमेरिकासँग बिग्रिँदो सम्बन्धका बीच चीनभित्रैबाट बेइजिङलाई अमेरिकी डलरमा निर्भरता कम गर्न र युआनको अन्तर्राष्ट्रिय प्रयोग बढाउन सुझाव आइरहेको छ ।
स्वीफ्ट र चीनको पिपुल्स बैंक अफ चाइना अन्तर्गतका डिजिटल मुद्रा अनुसन्धान संस्थान तथा चाइना नेशनल क्लियरिङ सेन्टरबीचको सहकार्यमा डिजिटल युआन विकसित गर्ने परियोजनाले विश्वव्यापी अर्थतन्त्रमा अमेरिकालाई चुनौती दिने चीनको प्रयासलाई कसरी सघाउँछ भन्ने प्रस्ट छैन । ‘एउटा स्वतन्त्र सहकारीको रुपमा स्वीफ्टले पूरै सदस्य समुदायको हितमा काम गर्छ’ स्वीफ्टले इमेलमार्फत साउथ चाइना मर्निङ पोस्टलाई पठाएको इमेलमा भनिएको छ ‘हामी ३० वर्षभन्दा धेरै समयदेखि चीनको वित्तिय बजारको एक अंग रहेका छौं र अन्यत्रजस्तै हामीले काम गर्ने ठाउँमा नियामकको आवश्यकताअनुसार हामीले केही सहजता दिन्छौं ।’
पिपुल्स बैंक अफ चाइनाले भने यो सहकार्यको बारेमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ । विगतमा स्वीफ्ट प्रणालीमा केही देशहरुमाथि आर्थिक र वित्तिय प्रतिबन्ध लगाउने, उनीहरुले निर्यातवापत भुक्तानी लिन नमिल्ने बनाउने, पैसा तिर्न नमिल्ने बनाउने र अमेरिकी डलर डोमिनेटेड सम्पत्ति आर्जन गर्न नसक्ने बनाउने विषयमा वाशिङटन हावी थियो । यही बीचमा ट्रम्प प्रशासनले चीन र हङकङलाई स्वीफ्ट प्रणालीमा प्रतिबन्ध लगाउन सक्ने चिन्ताका बीचमा यो सहकार्य सुरु भएको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment