विष दिइएका रुसी विपक्षी नेता नभाल्नीलाई बचाउने डाक्टर मृत भेटिए
काठमाडौं। विष दिइएर गम्भीर बिरामी परेका रुसी विपक्षी नेता एलेक्सेइ नभाल्नीलाई बचाउने डाक्टर रहस्यमय रुपमा मृत भेटिएका छन् । उनलाई अकस्मात हृदयाघात भएपछि उनको मृत्यु भएको बताइएको छ । डा। सर्गेइ माक्सिमिसिन साइबेरियाको ओम्स्क अस्पतालको आइसीयुका इन्चार्ज थिए जहाँ पुटिनका कट्टर दुश्मन मानिने नभाल्नी गम्भीर बिरामी भएपछि लगिएको थियो ।
द सनका अनुसार ओम्स्क अस्पताल र रुसी अधिकारीहरुले नभाल्नीमा नर्भ एजेन्ट विष आक्रमणको संकेत देखिएको कुरा अस्वीकार गरेका थिए तर उनी थप उपचारको लागि जर्मनी गएपछि भने उनीमा नोभीचोक भेटिएको थियो । डा। माक्सिमिसिमको त्यही आइसीयुमा मृत्यु भएको हो जहाँ पहिले नभाल्नीको उपचार भएको थियो । अधिकारीहरुले उनलाई कोरोना संक्रमण भएको कुरा भने अस्वीकार गरेका छन् । प्रारम्भिक रिपोर्टका अनुसार उनको रक्तचाप अचानक बन्द भएको थियो र उनको हृदयाघातका कारण मृत्यु भएको हो ।
पछिल्लो समय उनलाई हेरिरहेकी सहकर्मी डाक्टर मारिया मोरोजोभाका अनुसार यो अत्यन्तै आकस्मिक थियो । ओम्स्क स्वास्थ्य मन्त्रालयकी प्रवक्ता गालिना नाजोरोभाले बताएअनुसार डाक्टरमा यसअघि कहिल्यै यस्तो किसिमको स्वास्थ्य समस्या देखिएको थिएन । उनले भनिन् ‘उनी बिरामी थिए र आफ्ना आफन्तबारे चिन्तित थिए । उनले आफ्ना अभिभावकको गत वर्ष मात्रै अन्तिम संस्कार गरेका थिए । उनी कामको सिलसिलामा आफूले काम गरिरहेको आइसीयूमै मरे ।’







डिसी नेपाल







Facebook Comment