म्यान्मारमा सेनाको आलोचना गर्ने अर्का नेता पक्राउ

डिसी नेपाल
२३ माघ २०७७ १७:२२
40
Shares

बीबीसी । म्यान्मारमा सेनाले निवर्तमान जननिर्वाचित सरकारका पदाधिकारीहरूमाथि दमन गर्ने क्रम जारी राखेको छ।

नेत्री आङ सान सू चीको दलका एक वरिष्ठ नेता शुक्रबार बिहान पक्राउ परेका छन्।

सू चीसहित कैयौँ नेताहरू सोमबारदेखि सेनाको नियन्त्रणमा छन्। तर उनीहरूको अवस्थिति र अवस्थाबारे स्पष्ट जानकारी उपलब्ध भएको छैन।

बीबीसी बर्मिजसँग बिहान सबेरै फोनमा कुरा गर्दै पक्राउ परेका नेता विन तेनले प्रहरी र सेनाका सुरक्षाकर्मीहरूले आफूलाई राजधानीतिर लगिरहेको बताएका थिए।

उनका अनुसार उनलाई राज्यविप्लवको कानुनअन्तर्गत पक्राउ गरिएको हो।

उनान्नब्बे वर्षीय विन तेन न्याश्नल लीग फर डेमोक्रेसीका संरक्षक हुन्। उनी सू चीका निकटवर्ती सहयोगी हुन्।

सेनाले शासन आफ्नो हातमा लिएपछि उनले सेना र सेनाप्रमुखको आलोचना गर्दै अन्तर्वार्ताहरू दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *