आज माघ २७ गते मंगलबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२७ माघ २०७७ ६:२३
1.7k
Shares

आज वि.सं.२०७७ साल माघ २७ गते,  मंगलबार । सन् २०२१ फेब्रुवरी ९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । त्र्याेदशी तिथि । चन्द्रमा धनु राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः४८ र सूर्यास्त बेलुकी ५ः४९मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चिसोलो स्वास्थ्यबाधा आउनेछ। घरायसी विवाद बढ्नेछ । काम बीचैमा अड्किनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नया काममा प्रशंसा मिल्नेछ। राजनितीमा पहुँच बढ्नेछ। रोजगारीमा अवसर मिल्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बुद्धिले सही निर्णय दिनेछ। सन्तानले माया दिनेछन्। संगीतमा प्रतिष्ठा मिल्नेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषिकार्यमा सन्तुष्टि मिल्नेछ। आम्दानीको स्तर बढ्नेछ। कामबाट सफलता मिल्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धनको जोहो हुनेछ। भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट सहयोग पाइनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साथीभाइमा खर्च हुनेछ। प्रशन्नता बढ्नेछ। रमाइलोमा बढी खर्च हुनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सरसामान हराउन सक्नेछ। मित्रता टुट्न सक्नेछ। स्वास्थ्यमा आर्थिक भार पर्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मित्रको सहयोगले काममा सजिलो हुनेछ । घरबाहिर व्यस्त भइनेछ। नयाँ जिम्मेवारी आउनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  नयाँ काममा खर्च बढ्नेछ। विरोधी पर हट्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक सहयोग मिल्नेछ। साझेदारीमा फाइदा मिल्नेछ। दाम्पत्य मेलमिलाप बढ्नेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) मानसिक अशान्ति बढ्नेछ। अचानक वाधा हुनेछ। मानमा आघात पुग्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) वैदेशिक काममा प्रगति हुनेछ। धर्ममा रुचि जानेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा मिल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *