पार्टी आधिकारिकता दाबी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै
फाइल फाेटाे।
काठमाडौं। नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी आधिकारिता दाबी गर्न आज निर्वाचन आयोग जाँदैछन्। प्रधानमन्त्री ओली अहिले ११ बजे आधिकारिता दाबी गर्न आयोगको कार्यालय कान्तिपथ जाने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
यसअघि प्रचण्ड–माधव नेपाल समूहले आयोगमा पुगेर आधिकारिता दाबी गरेका थिए। आयोगले यसअघि नेकपाको विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न दुवै पक्षलाई माघ १६ मा दुवै पक्षलाई बोलाएका थियो।तर सो छलफलमा पनि ओली पक्ष गएको थिएन।
अब आज प्रधानमन्त्री ओली आयोगमा गएर आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गर्नेछन्। गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेयता सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment