एक किलो नक्कली सुन दिई ५५ लाख ठगी गर्ने ६ जना पक्राउ

डिसी नेपाल
२८ माघ २०७७ १७:०६
80
Shares

काठमाडौं । नक्कली सुन दिएर एक व्यक्तिसँग ५५ लाख रुपैयाँ ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । गत माघ ११ गते काठमाडौंको ताहाचलमा बस्ने एक व्यक्तिलाई १ किलो पहेलो धातुलाई सक्कली सुन हो भनेर ठगी गर्नेहरुलाई पक्राउ गरेको अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे घर भएका काठमाडौंको माछापोखरी बस्ने ३२ वर्षीय सन्त बहादुर लामा, तारकेश्वर शान्ति टोल बस्ने नुवाकोटका ४५ वर्षीय ऋषिमान घले, ३५ वर्षीय जित भन्ने मेख तामाङ, २० वर्षीय चन्द्र भन्ने जेरि तामाङ र जरङगु बस्ने २६ वर्षीय राज तामाङ तथा झापा घर भएका ताहाचल बस्ने ५३ वर्षीय पप्पु भन्ने अभय कुमार चौधरी रहेका छन् । उनीहरुलाई अपराध महाशाखाबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुबाट ९ लाख ५० हजार रुपैयाँ सहित २ वटा मोटरसाइकल र ५ वटा मोबाइल प्रहरीले बरामद गरेको छ । उनीहरुलाई थप थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *