रामकुमारीलाई निःशर्त रिहा गर्न प्रचण्ड-माधव समूहकाे माग
काठमाडाैं। प्रचण्ड–नेपाल नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा)ले रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ।
राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको अपराध महाशाखाले झाँक्रीलाई बिहीबार दिउँसो राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ गरेको थियाे। पक्राउ लगत्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै झाँक्रीलाई निःशर्त रिहा गर्न माग गरेका हुन्।
‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ,’ विज्ञप्तिमा भनिएकाे छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment