रामकुमारी झाँक्रीलाई रिहा गर्न कांग्रेसको माग
काठमाडौं । प्रहरी हिरासतमा रहेकी प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्न नेपाली कांग्रसले माग गरेको छ ।
कांग्रेसले बिहीबार विज्ञिप्ती जारी गरी राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ परेकी झाँक्रीलाई रिहाईको माग गर्दै संयम अभिव्यक्तिका लागि सबैलाई आग्रह समेत गरेको छ।
‘अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरु जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन् । यस्ता अभिव्यक्तिले त्यस्ता दल र ब्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ । नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपील गर्दै नेकपाकी नेतृ रामकुमारी झांक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दछ ।’ विज्ञिप्तीमा भनिएको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment