प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत

डिसी नेपाल
२५ भदौ २०८३ १७:०९

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह आउँदो असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालका तर्फबाट सहभागी हुन अमेरिका जाने निर्णय भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्रीको भ्रमण स्वीकृतको निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।

त्यस्तै आजको बैठकले सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

प्रवक्ता पोखरेलका अनुसार कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी र खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रिमन्त्रिपरिषद् कार्यालय सुदूरपश्चिममा पदस्थापना गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *