ग्याल्पाे र साेनम ल्हाेसार विभिन्न कार्यक्रम गरी मनाईँदै

डिसी नेपाल
३० माघ २०७७ ११:१०
4
Shares

काठमाडौं । शेर्पा समूदायको ग्याल्पो र तामाङ समूदायको सोनम ल्होसार शुक्रबार (आज) विभिन्न कार्यक्रम गरी मनाईँदै छ। खासगरी नेपालको हिमाली भागमा बसोबास गर्ने मानिसहरुले यस पर्वलाई निकै महत्वका साथ मनाउँने गर्छन।

तिब्बति भाषामा ‘लो’ को अर्थ वर्ष र ‘सर’को अर्थ नयाँ हो। नेपालमा पनि शेर्पा र तामाङ जातिले ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन्। ग्याल्पो र सोनम ल्होसार छुट्टाछुट्टै मनाईने भए पनि यो वर्ष तिथि जधेका कारण एउटै दिनमा मनाउँन लागिएको हो।

शेर्पा समूदायले ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदामा मनाउने गरेका छन्। यो समूदायमा आजदेखि २१४८ सुरु भएको छ। यस्तै तामाङ जातिको भने २८५७ औँ वर्ष सुरु हुन्छ। आजदेखि मुसा वर्ष सकिएर गाई वर्ष सुरु भएको छ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वटा वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएएको छ।

यो चाडमा सरकारले विदा दिएको छ। शेर्पा र तामाङ समूदायले ल्होसारमा मिठो मसिनो खाएर, आफ्नो घर परिवारमा नाचगान, रमाईलो गरेर मनाइरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.