यूएईस्थित नेपाली दूतावासका कर्मचारीलाई कोरोना देखिएपछि नयाँ नियम लागू
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासका अधिकांश कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि त्यहाँका नेपालीहरुलाई राहदानीका लागि आवेदन दिंदा हुलाक तथा कुरियर सेवाको माध्यमबाट पठाउन अनुरोध गरिएको छ।
कोभिड–१९ बाट दूतावासका अधिकांश कूटनीतिक तथा स्थानीय कर्मचारी संक्रमित भएपछि दूतावासले नयाँ नियम लागू गरेको हो।
आबुधाबीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै राहदानी नविकरण सेवाका लागि दूतावासमा नआउन आग्रह गरेको हो।
सेवाग्राहीको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै दूतावासबाट प्रदान गरिने सेवालाई प्रभाव नपरोस् भन्ने हेतुले राहदानी नविकरणको लागि हुलाकमार्फत आवेदन संकलन गर्न लागिएको दूतावासले जनाएको छ।
दूतावासले आगामी फागुन २ गतेदेखि लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउनसमेत अनुरोध गरेको छ। साथै, राहदानीको लागि फाराम भर्ने, राजस्व तिर्ने तथा साथमा पठाउनुपर्ने कागजातहरुको सम्बन्धमा दूतावासको वेभसाइट हेर्न सूचित गरेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment