भारतमा स्वास्थ्य परीक्षण गराउँदै पूर्वप्रधानमन्त्री खनाल

डिसी नेपाल
३० माघ २०७७ २१:५१
496
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि आज भारत गएका छन् । आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली गएको उनका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

उनले पहिले स्वास्थ्य परीक्षण गर्न चीन जाने गरेता पनि यसपटक कोरोना भाइरस (कोभिड–१९) को कारणले भारत गएको बताइएको छ । चीनमा जाँदा अनिवार्य १४ दिन क्यारेन्टिनमा बस्नुपर्ने भएकोले उनि भारत गएका हुन् । स्वकीय सचिव भट्टराईका अनुसार उनि आजै नै स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्लीको एपोलो अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य परीक्षण गराएर चारदिनपछि उनि स्वदेश फर्किनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.