चिनियाँ राष्ट्रपति पर्सी भारत आउने

डिसी नेपाल
२५ भदौ २०८३ १६:२०

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ १८ औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन दिल्ली आउन लागेको चीनको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। नयाँ दिल्लीमा सेप्टेम्बर १२ र १३ मा १८ औँ ब्रिक्स शिखर सम्मेलन आयोजना हुँदैछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर १२ र १३ मा ब्रिक्सको १८ औँ शिखर सम्मेलनमा भाग लिन भारत आउन लागेको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस भ्रमणलाई लिएर दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। समाचार एजेन्सी एनआईले दिल्ली पुलिसलाई उद्धृत गर्दै तुगलक रोड क्षेत्रमा करिब ५०० वटा सिसीटिभी क्यामेरा जडान गरिएको जनाएको छ।

ब्रिक्स विश्वका पाँच सबैभन्दा तीव्र गतिमा उदाउँदै गरेका अर्थतन्त्रहरूको एक समूह हो।

ब्रिक्स अङ्ग्रेजी अक्षरहरू बी, आर, आइ, सी, एस मिलेर बनेको शब्द हो, जसको प्रत्येक अक्षरले एक-एक देशको प्रतिनिधित्व गर्दछ। यी देशहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *