तरुणदल महासचिव भुपेन्द्र जंग शाहीलाई हृदयघात
काठमाडौँ । नेपाल तरुणदल का महासचिव भुपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ । आइतबार बेलुकी ९ बजे अचानक मुटुमा समस्या आइ बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
शाहीकाे काठमाडौैकाे महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । शाहीको एनजीयो ग्राम प्रविधिबाट मुटु अप्रेशन गरिएपछि खतरामुक्त्त भएको नेवि संघ नेता रघुवीर कार्कीले जानकारी दिए।
शाही नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष तथा कालीकोट बाट नेपाली कंग्रेसका प्रतिनिधीसभा सदस्य उमेद्धावार हुन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment