तामाकोशीमा बेपत्ता भएका अनन्तको शव भेटियो

डिसी नेपाल
३ फागुन २०७७ १८:३३
104
Shares

दोलखा। दोलखा जिल्लाको विगु गाउँपालिका ४ स्थित बलिटार भन्ने स्थानमा ट्याक्टर दुर्घटनामा परी तामाकोशी नदीमा बेपत्ता भएका सोही ट्याक्टरका सहचालक अनन्त बहादुर खड्काको शव फेला परेको छ। सशस्त्र प्रहरी बल, नेपालको गोताखोर टोलीले सोमबार शव फेला पारेको हो।

सोही जिल्लाको गौरीशंकर गाँउपालिका ५ बस्ने १४ बर्षिय खड्का गत माघ २० गते भएको ट्याक्टर दुर्घटनामा परी सो नदीमा बेपत्ता भएका थिए।

उनको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्ड खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव घटनास्थलदेखि चारसय मिटर तल नदीमा डुबेको अवस्थामा फेला पारेको हो।

एपीएफ टोलीले उनको शव स्थानीय प्रहरीलाई बुझाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *