भागरथी हत्या : शंकास्पद व्यक्ति पक्राउ

डिसी नेपाल
५ फागुन २०७७ ६:२६

काठमाडौं। बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार पछि हत्या भएको डेढ साता बितेपछि प्रहरीले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।

हत्यारा पत्ता नलागेसम्म शव नबुझेपछि प्रहरीले अनुसन्धानलाई तिब्रता दिएका बेला केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो।

प्रहरी स्रोतका अनुसार बैतडी, महेन्द्रनगर तथा डडेल्धुराबाट गरी तीन जनालाई नियन्त्रणमा लिएको भएपनि प्रहरीले व्यक्ति नियन्त्रणमा लिएको बारे कही कतै सार्वजनिक नगरी गोप्य राखेको छ। सुदरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले प्रहरीले अपराधीको पिछा गरिरहेको र केही दिनमा पक्राउ गर्ने बताएपनि उनले केही व्यक्तिहरु नियन्त्रणमा लिएको विषय भने अस्वीकार गरे। केही मान्छेहरु सोधपुछका लागि नियन्त्रण लिने कुरा सामान्य भएको पनि उनले बताए।

भागिरथीको हत्यापछि हत्यारा पत्ता नलागेसम्म आफन्तको अडान लिएपछि उनको अझै अन्त्यष्टि हुन सकेको छैन। उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। दोषीले उन्मुक्ती पाएर भागरथीले न्याय पाउँदिनन् भनेर आफन्तले अपराधी पक्राउ नपरे सम्म शव नबुझ्ने अडान लिएका हुन्।

हिन्दू संस्कार अनुसार मृत्यु भएकाको बिधिपूर्वक अन्त्यष्टि गरेर १३ दिनमा काज किरियाको काम गरि सिध्याईने गरिन्छ। हत्यारा पत्ता लाग्न नसकेको कारण भागरथीको हत्या गरिएको १४ दिन सम्म पनि अन्त्यष्टिसमेत हुन सकेको छैन्।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्दा दोश्रो दिन माघ २२ गते साँझ ५ बजे लवलेक सामुदायिक बनमा कच्चीवाट वाट ५० मिटर तल उनको शव फेला परेको थियो।

माघ २३ गते उनको शव जिल्ला अस्पताल बैतडी लगिएको थियो । उनको पोष्टमार्ट रिपोर्टमा बलत्कार पछि घाँटी थिचेर हत्या गरिएको अनुसन्धानले देखाएको छ। मंगलबार मात्रै गृहमन्त्री रामबहादुर थापाले भागीरथिको हत्यारा चाडै नै पत्ता लाग्ने बताएका थिए। महिला कानुन व्यवशायीहरुको भेटमा उनले सो कुरा बताएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *