कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनकाे नयाँ मिति तय हुने

डिसी नेपाल
५ फागुन २०७७ ११:२३
100
Shares

काठमाडौं। नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पूर्व–निर्धारित मितिमा पार्टीको १४ औं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।

केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्न दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हाे। बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशील सदस्यता वितरणलगायतका विषयमा भएको प्रगतिका बारेमा पनि छलफल हुने बताइएकाे छ।

बैठकमा प्रतिनिधिसभा विघटनको विरोधमा पार्टीले सम्पन्न गरेको तीन चरणको आन्दोलनका बारेमा पनि समीक्षा हुने बताइएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटनलाई राजनीतिक रूपमा प्रतिवाद गर्ने भनि निर्णय गरेअनुसार विभिन्न कार्यक्रम गरेको र ती कार्यक्रमको समीक्षासमेत बैठकमा हुनेछ।

कांग्रेसले १४ औं महाधिवेशनको मिति फागुन ७ देखि १० सम्म काठमाडौंमा आयोजना गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । तर, महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण महाधिवेशन कार्यतालिका अनुसार काम हुन नसकेपछि महाधिवेशनको मिति सार्न कांग्रेसले बैठक बोलाएको हो। सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद फागुन १९ गते समाप्त हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.