अक्षय कुमारले खोले ‘२.०’ मा आफ्नो डरलाग्दो लुकको रोचक प्रसंग !
एजेन्सी । सुपरस्टार रजनीकान्त र अक्षय कुमार स्टारर फिल्म २.० को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर यूटुबमा रिलिज हुँदा फ्यानको शानदार रेस्पोन्स पाएको छ ।
करिब ६०० करोड भारुमा बनेको यो फिल्म हालसम्मको भारतको सबैभन्दा महंगो हो ।
यो फिल्ममा अक्षय कुमार नेगेटिभ भूमिकामा छन् । आइतबार अक्षय कुमारले आफ्नो आधिकारिक इंस्टाग्रामबाट एक तस्वीर सार्वजिनक गरेका छन् । तस्वीरसँगै उनले फिल्मसँग सम्बन्धित एक रोचक प्रसंग पनि बताएका छन् ।
यो तस्वीर अक्षय कुमारकै हो जसमा हेभी मेकअप गरिएको छ । उनी आफ्नो क्रो म्यान लुकमा देखिएका छन् । अक्षय यो फिल्ममा नचिनिने भूमिकामा छन् । उनी कुनै डराउने मूर्ति जस्तै देखिएका छन् ।
उनले तस्वीरसँगै लेखेका छन्, ‘एक यस्तो एक्टरका लागि कहिल्यै मेकअप प्रयोग नगरेको होस, २.० एकदम फरक कथा ।’
उनले भनेका छन्, ‘यो लुकलाई ठिकसँग लिन मैले फिल्ममा फिमेल एक्टरभन्दा धेरै समय लिएको हुँला ।’
अक्षय कुमारको यो दक्षिण भारतीय फिल्ममा पहिलो फिल्म हो । ट्रेलर लञ्च कार्यक्रममा रजनीकान्तले अक्षय कुमारको निकै प्रशंसा गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment