कुवेत प्रवेशमा आप्रवासीलाई पुनःरोक
काठमाडौं। कुवेत सरकारको निर्णयानुसार नेपाली श्रमिक तत्काल कुवेत जान नपाउने भएका छन्। केहि दिनअघि यहि २१ फेबु्रअरीपछि कुबेत अन्तर्राष्ट्रिय विमानस्थल प्रतिबन्धित ३५ वटा देशसमेत सबैको लागि खुल्ला गरेको भनि सूचना जारी गरेको कुवेत सरकारले पुनःनिर्णय उल्टाएको छ।
सो निर्णयानुसार आप्रवासीहरुलाई कुवेत प्रवेशमा पुनःरोक लगाइएको हो। त्यस्तै, प्रतिबन्ध लगाइएका ३५ मुलुकको लिस्ट थप गरी त्यसमा नयाँ ३३ राष्ट्रहरुलाई समावेश गरिएको छ।
त्यहाँको सरकारले शनिबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म विदेशी नागरिकको प्रवेशमा फेरि रोक लगाएको जनाएको छ।
कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि त्यहाँको सरकारले आफ्नो निर्णय उल्टाउँदै शनिबारदेखि पुनःप्रतिबन्धको घोषणा गरेको स्थानीय सञ्चारमाध्यमहरुले समेत जनाएका छन्। त्यहाँका स्वास्थ्य अधिकारीहरुको निर्देशनका आधारमा कुवेत प्रवेशमा आप्रावासीहरुलाई रोक लगाइएको हो।
कुवेत प्रवेश गरेको एक हप्ता संस्थागत र अर्को एक हप्ता घरमै क्वारेन्टिन बस्नुपर्ने गरी कुवेती नागरिकले भने प्रवेश पाउने छन्। त्यहाँका सञ्चारमाध्यमले यहि फेब्रुअरी २३ देखि बेलुकीको ७ देखि बिहानको ७ बजेसम्म २१ दिनका लागि आंशिक कफ्यू लागू हुनेसक्ने समेत जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment