विभागद्वारा एसोसियट्स म्यानपावरमा छापा, कतार जान इन्टरभ्यू दिने युवाको भिड
काठमाडौं । वैदेशिक रोजगार विभागले सामाखुसीस्थित एशोसियट्स वेलकम इन्टरनेशलन प्रा.लि.मा छापा मारेको छ। विभागको अनुगमन तथा अभिमुखिकरण शाखाका शाखा अधिकृत चेतन कुमार खत्रीको नेतृत्वमा खटिएको टोलीले स्वीकृतिनै नलिएको डिमाण्डमा सयौं युवाहरुलाई कतार पठाउन गैरकानुनी रुपमा अन्तर्वार्ता लिँदै गरेको अवस्थामा छापा मारेको हो।
एशोसियट्स म्यानपावरले ‘म्यानपावर डिमाण्ड’ नामक फेसबुक ग्रुपबाट अनाधिकृत प्रचार गरि युवाहरुको अन्तर्वार्ता लिएको बुझिएको छ। विभिन्न जिल्लाबाट सयौं युवाहरु कतारको बनाना आईल्याण्ड कम्पनीमा रोजगारीका लागि जाने भन्दै एजेन्टमार्फत अन्तर्वार्तामा आएका थिए।
विभागले म्यानपावरबाट एक ल्यापटप, एक कम्प्युटर, रोजगार करार सम्झौतापत्रको फाइल एक, डायरी एक, डे बुक एक, रजिष्टर एक थान, पासपोर्ट बिनाको फारम तीन महिला र ५० पुरुषको गरी ५३ जनाको र ५० जनाको पासपोर्टसहितको फारम बरामद गरेको छ। सोहि क्रममा विभागको अनुगमन टोलीका खत्रीले आवश्यक अनुसन्धान गरी कारवाहीको प्रक्रिया अघि बढ्ने जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment