निर्वाचन आयोगले निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वान गर्दै

डिसी नेपाल
१० फागुन २०७७ २२:५५
36
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वान गर्ने भएको छ । सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको आयोगले मतदान केन्द्रमा प्रयोग हुने विभिन्न किसिमका निर्वाचन सामग्री खरिदका लागि मंगलबार गोरखापत्र दैनिक र आयोगको वेबसाइटमा सूचना प्रकाशित हुने जनाएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको र इजलासले फैसला सुनाउने तयारी गरिरहेको अवस्थामा आयोगले निर्वाचन सामग्री खरिदका लागि प्रक्रिया अघि बढाएको हो ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गरी अधिक संख्यामा बोलपत्रदाताहरुको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले खरिद गर्नुपर्ने निर्वाचन सामग्रीहरुलाई विभिन्न ११ समूहमा समूहीकृत गरिएको जनाएको छ ।

‘सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद कार्य प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्रीहरुको व्यवस्थापन गर्न असम्भवप्रायः भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ को व्यवस्था बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *