इजरायलमा नेपाली महिलाको मृत्यु

डिसी नेपाल
११ फागुन २०७७ १२:१३

काठमाडौं। लामो समयदेखि वैदेशिक रोजगारीको क्रममा इजरायलमा कार्यरत एक नेपाली महिलाको अल्पआयुमै मृत्यु भएको छ।

झापा बिर्तामोड नगरपालिका–९ निवासी साबित्रा लुइँटेल घिमिरेको इजरायलकै एक अस्पतालमा उपचारको क्रममा हृदयघात भएर सोमबार मृत्यु भएको हो।

उनी इजरायलमै विभिन्न सामाजिक संघसंस्थासंग आबद्ध रहि सामाजिक काममा समेत सक्रिय थिइन्। उनी साहित्यिक क्षेत्रमा कलम चलाउने एक कुशल महिला साहित्यकारसमेत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *