कतारबाट संस्थागत मागपत्र प्रमाणीकरण गर्दा सेवा शुल्क अनिवार्य गरिदैँ

डिसी नेपाल
११ फागुन २०७७ १३:५६
668
Shares

काठमाडौं। कतारस्थित नेपाली दूतावासले संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको जनाएको छ। दूतावासले एक सूचना जारी गरी आगामी मार्च १ देखि मागपत्र प्रमाणीकरण गर्दा नयाँ नियम लागू हुने जनाएको हो।

नयाँ नियम अनुसार दूतावासले सेवा शुल्कसम्बन्धी प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने जनाएको छ।

दूतावासले नेपालबाट नयाँ कामदार माग गर्ने कतारका रोजगारदाता कम्पनीले नेपालका म्यानपावर कम्पनीलाई उपलब्ध गराउनुपर्ने सेवा शुल्क अनिवार्य रुपमा उपलब्ध गराउने गरी मागपत्रमा प्रतिबद्धता उल्लेख गर्नुपर्ने व्यवस्था आगामी मार्च १ देखि लागू गरिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *