संविधान रक्षा गर्दै जनताको जीत भएको छ: कांग्रेस प्रवक्ता शर्मा

डिसी नेपाल
११ फागुन २०७७ १८:५७
132
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसलाले संविधान रक्षा गर्दै जनताको जीत भएको बताएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना हुने फैसला गरेपछि प्रतिक्रिया दिँदै शर्माले ट्वीटमार्फत अधिनायवादको आकांक्षा पनि खारेज भएको बताएका छन् ।

‘संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।’ शर्माले ट्वीटरमा लेखेका छन्

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *