संविधान रक्षा गर्दै जनताको जीत भएको छ: कांग्रेस प्रवक्ता शर्मा – Dcnepal

संविधान रक्षा गर्दै जनताको जीत भएको छ: कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसलाले संविधान रक्षा गर्दै जनताको जीत भएको बताएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना हुने फैसला गरेपछि प्रतिक्रिया दिँदै शर्माले ट्वीटमार्फत अधिनायवादको आकांक्षा पनि खारेज भएको बताएका छन् ।

‘संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।’ शर्माले ट्वीटरमा लेखेका छन्

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो