प्रचण्डहरुको चितवनमा खुसियाली, बालुवाटारमा नाचगान
काठमाडौं। सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभालाई पुनस्र्थापना गरेपछि नेकपाको एउटा समूहले चितवनमा खुसियाली ग¥यो। नेकपाको प्रचण्ड–नेपाल समूहले चितवनमा खुसियाली गरिहरेका बेला बालुवाटारमा कोमल वलीले गीत गाउँदै थिइन्, ‘आज अनि भोलीलाई, केपी ओलीलाई।’
पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपश्चात प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सडकमा रहेको प्रचण्ड–नेपाल समूहले संसद पुनस्र्थापना हुनु अदालतको ऐतिहासिक फैसला भएको प्रतिक्रिया जनाएको छ।
यस्तै, प्रतिनिधिसभाको पुनस्र्थापना जनताको जीत र लोकतन्त्रको जीत भएको भन्दै दुई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले एक अर्कालाई लड्डु खुवाएर खुसियाली मनाए।
यता प्रधानमन्त्रीको जन्म दिनको अवसरमा बालुवाटारमा आयोजित सांस्कृतिक कार्यक्रममा कोमल ओली लगायतका कलाकारहरुले गीत गाइरहेका थिए। उनीहरुको गीत सुन्दा लाग्थ्यो संसद पुनस्र्थापना भएको थाहा छैन वा उनीहरुकै पक्षमा अदालतको निर्णय भएको छ।
दिउसो मात्र युवासंघको कार्यक्रममा पुगेर ओलीले संसद पुनस्र्थापना भएपछि के हुन्छ भन्ने बारे अदालतलाई थाहा नभएको बताएका थिए। उनले संसद पुनस्र्थापना भएपछि देशमा अस्थिरता आउने र प्रचण्ड–नेपालले हल बाँधेर प्रधानमन्त्रीको खोजि गर्दै हिड्ने छन् भन्दै कटाक्ष गरेका थिए।







डिसी नेपाल







Facebook Comment