ओलीले प्रधानमन्त्री र अध्यक्षबाट तत्काल राजीनामा दिनुपर्छ : भट्टराई
फाइल
काठमाडौैं। नेकपा (प्रचण्ड-माधव नेपाल) समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री याेगेश भट्टराईले बचे खुचेको इज्जत बचाउन प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बताएका छन्।
बुधबार डिसी नेपालसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट तत्काल राजीनामा दिनु पर्ने बताएका हुन्। प्रधानमन्त्रीलाई कुनै पनि कदम चाल्न सक्ने कानुनी अधिकार नभएको बताउँदै नेता भट्टराईले दुवै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न उत्तम विकल्प भएको बताए।
उनले प्रतिशोध र बदलाको भावना छौडेर ओली गुटमा रहेका सबै नेता कार्यकर्ताहरुलाई मुलधारको नेकपा फर्किन आग्रह गरे।
अबको नेकपा एकीकृत, सशक्त अघि बढ्ने बताउँदै उनले नयाँ धरातलबाट पार्टीलाई अगाडी बढाउने जिम्मेवारी युवाहरुको काधँमा आएको बताए।
उनले राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरा हल्लामात्रै भएको बताए। राष्ट्रपतिमाथि नैतिक प्रश्न खडा भएको उनले बताए। संसद विघटन बदर भएसँगै प्रधानमन्त्री ओलीले के गर्लान्? अबको राजनीतिले कस्तो मोड लिन्छ? भन्ने कुरा अहिले जनतामा चाँसो र चिन्ताको विषय बनेको छ।







डिसी नेपाल







Facebook Comment