वरिष्ठ अधिवक्ता शम्भु थापाकाे दाबी : फेरि नेकपाकै सरकार बन्छ

डिसी नेपाल
१२ फागुन २०७७ १२:४२
2.2k
Shares

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले अब नेपाल कम्युनिष्ट पार्टीको सरकार नै हुन सक्ने बताएका छन्। बुधबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिवक्ता थापाले हालको अवस्थामा नेकपा फुट्न सक्ने अवस्था नभएको भन्दै अब नेकपाकै सरकार बन्न सक्ने बताएका हुन्।

प्रधानमन्त्रीले राजनीतिक दल फुटाएको अवस्थामा अर्को अवस्था आउने बताउँदै उनले पार्टी फुट्ने अवस्था नरेहेकोले नेकपाकै सरकार बन्न सक्ने बताए।

कार्यक्रममा बोल्दै उनले सर्वोच्चको फैसलाले संविधानवादको रक्षा गरेको बताए।सर्वाेच्चकाे फैसलाले एउटा नजिर स्थापना गरेको बतउँदै उनले अब भविश्यमा कुनै पनि प्रधानमन्त्रीले यस्तो कदम चाल्न नसक्ने दावी गरे।

उनले अबको जवादेहिता संसदमा जाने भएकाले धेरै हसम्म देशलाई कता लैजाने भन्ने कुरा नेताहरुको परिपक्वतामा भर पर्ने बताए।

उनले राजनीतिक दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारवाही गर्न सक्ने बताएका छन्। प्रधानमन्त्रीले गम्भिर गल्ती गरेको प्रमाणित भइसकेको बताउँदै उनले प्रधानमन्त्रीलाई कारवाही गर्ने सम्बन्धी अधिकार संविधानमा व्यवस्था भएको र कारवाही गर्ने कुरा धेरै हदसम्म राजनीतिक पार्टीहरुको काँधमा रहेको बताए।

यस्तै संवैधानिक आयोगहरुमा भएका नियुक्तिहरु स्वतः खारेज हुने उनको भनाइ छ। सरकारले संसद विघटन पछि ११ वटा संवैधानिक आयोगहरुमा ३२ वटा नियुक्ति गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.