भारत १४५ रनमा अलआउट, रुटले लिए ५ विकेट

डिसी नेपाल
१३ फागुन २०७७ १६:४८

काठमाडौं । इंग्ल्याण्डसँगको तेस्रो टेष्ट खेलिरहेको भारतले खराब ब्याटिङ गरेको छ । भारत तेस्रो टेस्टको दोस्रो दिन १४५ रनमा समेटिएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा जारी डे/नाइट खेलमा भारतले १४५ रन बनाएर ३३ रनको अग्रता लिएको छ ।

यसअघि पहिलो दिन टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले पनि खराब ब्याटिङ गर्दै मात्र ११२ रन बनाएको थियो । इंग्ल्याण्डलाई पहिलो दिन नै धरासायी बनाएर ब्याटिङ सुरु गरेको भारत पनि दोस्रो दिन पुरा ब्याटिङ गर्न सकेन । भारतले ५३.२ ओभरमा सबै विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । भारतका रोहित शर्माले ६६ रनको अर्धसतकीय पारी खेले पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । इंग्ल्याण्डका कप्तान जोय रुटले ५ विकेट लिए । यस्तै ज्याक लिचले ४ तथा जोफ्रा आर्चरले १ विकेट लिए ।

यसअघि पहिलो दिन इंग्ल्याण्डका लागि ज्याक क्रलीले ५३ रनको अर्धसतकीय पारी खेलेपनि अन्य खेलाडीले रन बनाउन सकेका थिएनन्। शानदार बलिङ गरेको भारतका लागि अक्षर पटेलले ६ विकेट लिएका थिए। यस्तै रवि अश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *