टी २० क्रिकेटमा दुई बर्षपछि गेलको पुनरागमन

डिसी नेपाल
१५ फागुन २०७७ १३:३९
532
Shares

काठमाडौं । युनिर्भस किङको उपनामले चर्चित वेस्टईन्डीजका स्टार खेलाडी क्रिस गेलले २ बर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन । वेस्टईन्डीज क्रिकेट बोर्डले जारी गरेको १४ सदस्यीय टोलीमा गेललाई पनि समावेश गरिएको छ । श्रीलंका विरुद्वको टी २० सिरिजका लागि बोर्डले १४ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । ४१ बर्षीय गेलले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा करिब आठ बर्षपछि तिव्र गतिका बलर फिडेल एडवर्ड्सले पनि टोलीमा स्थान बनाउन सफल भएका छन ।

सन २०१९ मार्च ८ मा घरेलु मैदानमा गेलले ईङल्यान्ड विरुद्व अन्तिम टी २० खेलेका थिए । त्यपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका थिएनन । तिव्र गतिका बलर फिडेलले आफ्नो अन्तिम टी २० सन २०१२ सेप्टेम्बर १९ मा श्रीलंका विरुद्व खेलेका थिए । टी २० विश्वकप यो बर्षको अन्तिमा भारतमा आयोजना हुने भएको छ । वेस्टईन्डीज क्रिकेट बोर्डले टी २० विश्वकपलाई मध्यनजर गर्दै गेललाई टोलीमा स्थान दिएको क्रिकेट बिश्लेषकहरुको भनाई छ । गेल अहिले पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पीएसएल)मा ब्यस्त रहेका छन । फिडेलले हालै अबुधावीमा सम्पन्न भएको टी १० लिगमा सहभागिता जनाएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.