घुस अस्वीकार गर्ने १८ ट्राफिक प्रहरी सम्मानित
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारि निर्वाह गर्ने आइतबार एक जना इन्स्पेक्टरसहित १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमध्ये ६ जनालाई नगदसहित वृत्ति विकासमा समेत सहयोग पुग्ने गरी अभिलेखमा राखिने गरी पुरस्कृत गरेको महाशाखाले जनाएको छ । यसरी पुरस्कृत हुनेमा प्रहरी हवल्दार शम्भु विश्वकर्मा, प्रहरी जवान अनिल महर, महेशराज पनेरु, रमेश सिंह बडाल, बिन्दा थापा र राम आवतार राम रहेका छन् ।
नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लंघन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्न हामीले नियमित निर्देशन दिंदै आएका छौं, फलस्वरुप घुस दिन खोज्ने ९४ जना चालकलाई पक्राउ गरी कारबाही गरेको महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।
ट्राफिक नियम उल्लंघन गर्ने चालकले कारबाहीबाट बच्न र कारबाही पछि हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन्, प्रलोभनमा नपरी त्यस्ता चालकलाई कारबाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी संगठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको उनले बताए ।
चालु आर्थिक वर्षमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यस कार्यले अन्य प्रहरी कर्मचारीमा समेत आर्थिक पारदर्शिता एवं शून्य सहनशीलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकलाई कारबाहीको दायरामा ल्याउन थप सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।
सम्मानित हुनेकाे नामावली








डिसी नेपाल








Facebook Comment