सेयर बजारमा हरियाली फर्कियो, ४० अंकले बढ्यो बजार
काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। आइतबार चार महिना यता कै सबैभन्दा धेरै घटेको सेयर बजार सोमबार ४० दशमलव ६४ अंकले बढेको छ। यो सँगै नेप्से २ हजार ५ सय १५ दशमलव ३ अंकमा बन्द भएको छ।
सोमबार सबै उपसमूहका सेयरमा हरियाली छायको छ।
सोमबार २ सय ९ वटा कम्पनीको १ करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख भन्दा धेरै रकमको कारोबार भएको छ।
सोमबार चनद्रागिरी हिल्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाउँदा सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए। आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्टक्चर बैंकको ४४ करोड भन्दा धेरै रकमको सेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment