ठगी मुद्दामा एचआर सोलुशनका सञ्चालक पक्राउ

डिसी नेपाल
१७ फागुन २०७७ २१:५५
60
Shares

काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका नवलपरासी देवचुली नगरपालिका–१३ प्रगतीनगरका रिलायवल एचआर सोलुशन प्रालिका सञ्चालक ४८ वर्षीय गुरुदत्त पौडेललाई आइतबार काठमाडौँको बागबजारबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले वैदेशिक रोजगार न्यायाधीकरणको विस २०६८ माघको फैसलाअनुसार एक वर्ष ६ महिना कैद सजाय र रु २५ हजार जरिवना ठहर गरेपछि फरार रहेका पौडेललाई पक्राउ गरिएको जानकारी दिए । पौडेलले सिङ्गापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाएर झुक्याई पीडितसँग रु चार लाख ५० हजार लिई दुबई पठाएर ठगी गरेको अनुसन्धानमा खुलेको प्रवक्ता पन्तले बताए ।

पक्राउ परेका पौडेललाई वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ को उपदफा ५ बमोजिम उल्लेखित सजाय गरिएको प्रहरीले जनाएको छ । ब्यूरोले फैसला कार्यान्वयनका लागि पक्राउ पौडेललाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.