विश्वकप फुटबल छनोट खेल स्थगित

डिसी नेपाल
१९ फागुन २०७७ ६:४६
104
Shares

काठमाडौं। फिफा विश्वकप फुटबल २०२२ र एशियाली फुटबल प्रतियोगिता २०२३ को छनोट खेल स्थगित भएको छ। नेपालले छनोटको दोस्रो चरण अन्तगर्त दशरथ रङ्गशालामा चैत्त १७ गते अष्ट्रेलियाको सामना गर्ने तय भएको थियो।

खेल तालिका अनुसार दोस्रो चरणमा नेपालले चाइनिज ताइपेई र अष्ट्रेलिया र जोर्डनको सामना गर्ने तय भएको थियो। तर एशियाली फुटबल संघले अद्यावधिक गरेको खेल तालिकामा खेल ‘भेन्यु’ दशरथ रङ्गशाला नै रहेपनि खेल स्थगित भएको उल्लेख गरिएको छ।

त्यसअघि नेपालले १२ चैत्तमा चाइनिज ताइपेईको सामना गर्नेछ । उक्त खेल समेत स्थगित हुन पुगेको एएफसीको खेल तालिकामा उल्लेख गरिएको छ। नेपाल छनोट प्रतियोगिताको समूह बी मा रहेको छ ।
दोस्रो चरणको अन्तिम खेलमा नेपालले जोर्डनको सामना जुन ७ मा गर्ने तय गरिएको छ । तर उक्त खेल यथावत मितिमै हुने उल्लेख गरिएको छ।

दोस्रो चरणकै खेलमा अष्ट्रेलियाले कुवेतको र कुवेतले जोर्डनको सामना गर्नेछ। उक्त खेल समेत स्थगित भएको छ । अष्ट्रेलिया र चाइनिज ताइपेईबीचको खेल यथावत तालिकामै हुने जनाइएको छ।

नेपालले छनोट चरणमा पाँच खेलमध्ये एकमा जित र चारमा हार बेहोरेर अङ्कतालिकाको चौथो स्थानमा छ । नेपाललको तीन अङ्क छ। शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले चारमध्ये चारै खेलमा जित हात पार्दै १६ अङ्क बटुलेको छ ।

कुवेतले पाँच खेलबाट १४ अङ्कसहित दोस्रो र जोर्डन पाँच खेलबाट दश अङ्कसहित तेस्रो स्थानमा छ। कुवेतले पाँचमध्ये तीनमा जित र एउटा बराबरी खेलेको छ भने एउटामा हार बेहोरेको छ । जोर्डनले पाँचमध्ये तीनमा जित र एउटा बराबरी तथा अर्कोमा हार बेहोरेको छ। चाइनिज ताइपेईले भने पाँच खेलमध्ये पाँच वटैमा हार बेहोरेर अङ्कविहीन हुँदै पूछारमा छ ।

नेपालले छनोट अन्तगर्तको पहिलो खेलमा कुवेतसँग ७–० ले हार बेहोरेको थियो। दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको नेपालले तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० को हार बेहोरेको थियो। जोर्डनसँग ३–० को हार बेहोरेको नेपालले आफ्नो पछिल्लो खेलमा कुवेत विरुद्ध भुटानको थिम्पुमा ०–१ को हार बेहोरेको थियो। गाेरखापत्र दैनिक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *