सन्तुलित सहकार्यका लागि कांग्रेस छलफल मै छ : डा. नारायण खड्का केन्द्रीय सदस्य, नेपाली कांग्रेस

डिसी नेपाल
२० फागुन २०७७ ७:४६

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नयाँ सरकार गठनका विषयमा चासो व्याप्त छ। संसदको अधिवेशन २३ गतेका लागि आह्वान गरिएको छ। संसद पुनःस्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने अनुमान गरिएपनि प्रधानमन्त्रीले संसदको सामना गर्ने बताएपछि दलहरुबीच नयाँ सरकार गठनका विषयमा तीव्र छलफल सुरु भएको छ।

यस्तो अवस्थामा सबैको ध्यान नेपाली कांग्रेसतर्फ गएको छ। तर कांग्रेसले नेकपाको आधिकारिकता टुंगो नलागेसम्म कुनै पनि समूहलाई सहयोग गर्न नसकिने जनाएको छ। मुलुकको राजनीतिक अन्योलग्रस्त भइरहेको बेला नेपाली कांग्रेसको भावी रणनीतिका विषयमा डिसी नेपालका लागि सम्भव सिंह ठकुरीले कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्कासँग गरेको कुराकानीको सम्पादित अश :

तपाईँको सबै नेतासँग राम्रो सम्बन्ध भएपनि सभापति देउवासँग निकट भनिन्छ। प्रतिनिधिसभा विघटनको कदममा नेपाली कांग्रेसको सशक्त विरोध देखिएन। भित्री रुपमा सभापति देउवाले निर्वाचन नै चाहनुभएको थियो भनेर व्याख्या गरेको अवस्था छ। तपाईँको बुझाइ के छ?

सभापति वा वरिष्ठ नेता रामचन्द्र पौडेलजी को समर्थन वा विरोध भन्दा पनि म सही मुामा बोल्ने व्यक्ति हो। मैले बोल्दै गर्दा सभापति, वरिष्ठ नेता रामचन्द्र पौडेलजी वा अरु नेताहरु रिसाउने खुसी हुने भन्दा पनि म पार्टीको विधि विधान अनुरुप लोकतन्त्र र जनताको हितमा बोल्छु।

प्रतिनिधिसभा विघटन भएपछि पार्टीको बैठकमा सुरुमै बोल्दै मैले हामी लोकतान्त्रिक दल हौँ, हामीले शक्तिपृथक्तिकरण सिद्धान्तलाई एकदमै मानेको सिद्धान्त हो। त्यसअन्र्तगत हामीले स्वतन्त्र न्यायपालिका हुनुपर्छ।

जब यो मुद्दा अदालतमा गएपछि सम्मानित अदालतको निणर्य स्वीर्कानु पर्छ। यद्यपी हाम्रो प्राथमिकता पुनःस्थापना नै हो। तर अदालतले निर्वाचनको फैसला गर्यो भने जनताको बीचमा जाने नै हो। त्यसैले यो मुद्दामा शेरबहादुरजीसँग मेरो कुरा मिल्यो होला। तर कतिपय कुराहरुमा मिलेको पनि छैन। जस्तो पार्टीलाई सुढृत गर्ने कुरादेखि सबै गुटहरुलाई मिलाएर लग्ने विषयमा विमत्ति नै छ ।

आन्दोलनको विषयमा तीन चरणको आन्दोलन पनि गर्यौं। आन्दोलनको विषयमा हामीले कुन हद सम्म गर्ने? अदालतले सदर गर्ला हामी मान्दैनौं भनेर आन्दोलन गर्ने या बदर गर्यो भने हामी आन्दोलन गर्ने। आन्दोलनको परिधीको निष्कर्ष गर्नुपर्छ। आन्दोलन गर्दै गर्दा हाम्रो मुद्दाहरु छरपष्ट हुनसक्छ। आन्दोलनमा एकरुपता नहुन सक्छ?

आन्दोलन भित्र कोही संघीयता खारेजीको माग उठाउला, कोहीले हिन्दु राज्यको माग गर्ला, त्यसैले हाम्रो साझा मुद्दा के हुन्, कसले भिडको साझा नेतृत्व लिने? यी सबै कुराहरुको छिनोफानो नगरी सडकमा हामी गयौं भने हाम्रो नियन्त्रण भन्दा बाहिर आन्दोलन जान सक्छ।

सम्भावना भन्ने कुरा के हो भने सर्व प्रथम (प्रचण्ड–नेपाल) समूहबाट सरकार नेतृत्वको प्रस्ताव आएको छ। उहाँहरुको माग र प्रस्तावहरु के के हुन् त्यो प्रष्ट भएको छैन। विगतको इतिहासमा हामीले प्रचण्डजीसँग पनि सहकार्य गर्यौं, त्यसको बेग्लै अनुभव हामीलाई छ। त्यसैले त्यही खाले पुरानो व्यवहार दोहोरिने हो कि भन्ने आशंका पनि छ।

त्यो विश्लेशण गरेर मात्र हामीले आन्दोलनको निर्णय लिनुपर्छ। गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र किसुनजी जस्ता लेभलको नेता तपाईँहरु हुनुहुन्न भनेर बैठकमा कुरा राखेको थिएँ। त्यसैले साझा नेता र साझा मुद्दा बनेन।

सभापतिजीले चुनाव नै चाहनु भएको थियो या थिएन त्यो बारेमा उहाँसँग छलफल भएको छैन। उहाँले अदालतलाई प्रभावित पार्नु हुन्न अदालतको फैसला स्वीकार गर्ने आशय उहाँको अभिव्यक्तिबाट बुझेको छु।

प्रतिनिधिसभा पुनःस्थापना भएसँगै नेकपा (प्रचण्ड–नेपाल) समूहबाट सरकारको नेतृत्व गर्ने प्रस्ताव आएको छ। प्रधानमन्त्री ओली पक्षबाट पनि प्रस्ताव आयो भने कोसँग सहकार्य गर्ने सम्भावना छ ?

सम्भावना भन्ने कुरा के हो भने सर्व प्रथम (प्रचण्ड–नेपाल) समूहबाट सरकार नेतृत्वको प्रस्ताव आएको छ। उहाँहरुको माग र प्रस्तावहरु के के हुन् त्यो प्रष्ट भएको छैन। विगतको इतिहासमा हामीले प्रचण्डजीसँग पनि सहकार्य गर्यौं,त्यसको बेग्लै अनुभव हामीलाई छ।

त्यसैले त्यही खाले पुरानो व्यवहार दोहोरिने हो कि भन्ने आशंका पनि छ। अर्को कुरा तत्कालीन अवस्थामा ओलीजीसँग हामी उहाँलाई प्रधानमन्त्रीको रुपमा स्वीकार्दैनौँ । तर पछाडि उहाँहरुको पार्टीले अर्को अध्यायमा उहाँलाई प्रशोधित गरेर ल्याउछ भने त उहाँहरुको कुरा हो।

त्यसैले हामीले उत्तम सहकार्य कोसँग हुन्छ, भने को सँग संसदीय अभ्यास प्रति प्रतिबद्ध छ को हामी सँग संवेदनशिल र अडिग रहन्छ त्यो कुरा हामीले बुझ्न जरुरी छ। त्यसले सन्तुलित सहकार्यको लागि हामी छलफल मै छौं।

प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको छ यसमा तपाईँ के भन्नुहुन्छ?

नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्ने हो। तर नैतिकताको आ–आफ्नो व्याख्या हुन्छ। उहाँलाई सिकाउने कुरा होइन। आफैंले बुझ्ने कुरा हो। नैतिकताको विषयमा उहाँले गिता महाभारतको अंश व्याख्या गर्नुहोला, तर नैतिकता भनेको लोकतान्त्रिक व्यवस्थामा उहाँले चालेको कदम असफल भए पछि आफैले बुझ्ने कुरा हो।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भयो भने राजनीतिक अस्थिर हुन्छ, सांसद किनबेचको सुरुवात हुन्छ भन्नुभएको थियो। अहिले त्यही अवस्थाको सृजना भएको छ । तपाईँको धारणा के छ?

विघटनको अधिकार नदिँदा पनि पार्टी विष्फोट भएकै छ। त्यसैले म संसदमा विघटनको अधिकार दिनुपर्छ भन्ने मान्यता राख्छु। यसले कम्युनिष्ट विवादको हल र सम्झौता गर्न मद्दत गर्छ। संसद किनबेचको अभ्यास हुनु विभिन्न प्रलोभनमा पार्नु संसदीय मर्यादा विपरीतको गलत राजनीतिक संस्कार हो।

दल विभाजन सम्वन्धी विधेयक ल्याए कांग्रेसले समर्थन गर्ने भनेको छ यो विधेयक ल्याउदा समग्र राजनीति र नेपाली कांग्रेसलाई के फाइदा छ?

यो विधेयक बहुदलीय राजनीतिको फाइदा हो। पार्टी भित्र सैद्धान्तिक व्यवहारिक रुपमा मतभेद हुनुुसक्छ। जस्तो अहिले नेकपा भित्रको अन्र्तद्वन्द्व र हाम्रै पार्टी भित्र पनि हिन्दु राज्यको पक्षमा कुरा उठेको छ।

राष्ट्रियता समाजवादको परिभाषामा पनि फरक–फरक व्याख्या हुन्छ। त्यस्ता कुराहरु जनता माझ लैजान पनि यो विधेयक आवश्यक छ। यो विधेयक नभएर नै पार्टी भित्रको असन्तुष्टिताले अन्र्तघात हुन्छ। त्यसैले आफ्नो स्पष्ट बिचार र सिद्धान्त सार्वजानिक गर्न पनि यो विधेयक आवश्यक छ।

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्यो भने नेपाली कांग्रेसले के गर्ला?

अहिले नै मैले पार्टीको आधिकारिक धारणा त बोल्न मिल्दैन। तर म के भन्छु भने अहिलेको अवस्थामा उहाँलाई (ओली) मत दिनु हुँदैन।

प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता ग-याे भने?

यो अवस्थामा हामी तटस्थ बस्छौं।

२३ गते बस्ते संसद बैठकमा नेपाली कांग्रेस मुख्य कुन एजेन्डामा प्रस्तुत हुन्छ ?

हामी मुख्यतः अहिलेको वर्तमान राजनीतिक घटनाक्रममा बारे राजनीतिक निकास खोज्छौँ। समाजमा बढ्दो बलत्कार र भ्रष्टचारका घटना न्युनिकरणको लागि थप उत्तरदायी बनाउन दबाब दिन्छौँ। थाँती रहेको विधेयकलाई ल्याउने हो। समग्रतामा नेकपाको कलहको स्थिति कस्तो हुन्छ त्यसै अनुरुप प्रस्तुत हुन्छौँ।

अहिलेको वर्तमान राजनीतिक अन्यौलताको निकास के होला?

सबै भन्दा पहिले त महत्वपूर्ण मुद्दाहरुमा दलहरु बीच गहिरो समझदारी चाहिन्छ। विकासको बारेका ,राष्ट्रियताको बारेमा ,पराराष्ट्र नीति जस्ता आधारभूत कुराहरुमा समझदारी गर्न सक्नुपर्छ। हामीले व्यवस्था सँगै चरित्र पनि फेर्न सक्यौँ भने निकास आउँछ। र, वर्तमान राजनीतिक समस्याहल गर्न प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुन्छ।

पार्टी भित्र पुस्तान्तरणको कुरा चलिराखेको छ। आगामी महाधिवेशनमा पुस्तान्तरणको सम्भावना कस्तो छ?

म पुस्तान्तरणमा विश्वास गर्दिन। यो भनेको सक्रियता जनताको स्वीकार्यता बैचारिक तहको नेतृत्व गर्ने क्षमतामा विश्वास गर्छु।
अहिले अमेरिकामा ६५ बर्षको ट्रम्प र ७७ बर्षको जो वाईडेन राष्ट्रपतिमा प्रतिस्पर्धा गरे भने कुनै बेला ४४ बर्षका ओवामा राष्ट्रपति बने। त्यसैले यो पुस्तान्तरणमा विश्वास राख्दिन। त्यसैले पुस्ता भन्दा पनि जनता र कार्यकर्ताको स्वीकार्यता प्रधान हुनुपर्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *