कञ्चपुरमा प्रहरी र तस्करबीच दोहोरो भिडन्त, प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु

डिसी नेपाल
२० फागुन २०७७ २१:०७

कञ्चनपुर । कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । बेलौरी नगरपालिका ७ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको हो ।

बिहिबार साँझ चार जना तस्कर आइरहेको सूचना प्रहरीले पाएपछि उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्करले आक्रमण गरेपछि प्रहरीले जवाफी फायर गर्दा १ जना तस्कर घाइते भएको घाइतेलाई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमर बहादुर थापाले बताए । उनका अनुसार ३ जना तस्कर भने भाग्न सफल भएका छन् । उनीहरुको साथबाट प्रहरीले नक्कली पैसा र पैसा छाप्ने मेसिनसमेत बरामद गरेको छ।

सिमानाकामा तस्कर बढिरहेको सूचना प्रहरीले पाएपछि नेपाल प्रहरीले गस्ती बढाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *