साताको सेयरः ठूलो उतार चढावकाबीच घट्यो

उपेन्द्र शाही
२१ फागुन २०७७ ११:३३

काठमाडौं। कारोबरोको अन्तिम दिन बिहीबार सेयर बजारमा हरियाली फर्किए पनि, यो साता सेयर बजार मापक नेप्से करेक्सन भएको छ। समग्रमा यो साता नेप्से सूचक ४७ दशमलव ५२ अंकले घटेको हो। अघिल्लो साता पनि नेप्से ८२ दशमलव ५० अंकले घटेको थियो।

अघिल्लो साताको आइतबार मात्रै नप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको थियो। गत आइतबार ९ फागुनमा २६ सय ४१ दशमलव ०३ अंकको ऐतिहासिक बिन्दु हासिल गरेको नेप्से २ साता नबित्दै १ सय ३४ दशमलव ३५ अंकले घटेको छ।

घट्नु र बढ्नु सेयर बजारको सामान्य प्रक्रिया हो। तर, पछिल्लो समय घटेको सेयर बजारले लगानीकर्ताहरुलाई सोच्न बाध्य बनाएको छ।
कोराना भाइरसको महामारी र देशमा सिर्जित राजनीतिक घटनाक्रमले सेयर बजारमा नकरात्मक असर पार्ने विश्लेषण भइरहेका थिए।

तर, त्यसको बावजुत विगत ६ महिनादेखि सेयर बजार लगातार बढेको थियो। पछिल्लो समय जनजीवन समान्य बन्दै गएको स्थितिमा कोरोनाको प्रभाव कम हुँदै गएको र राजनीतिक घटनाक्रम पनि एकपछि अर्को सकारात्मक दिशातिर गएका छन्। यस्तो अवस्थामा घटेको सेयर बजारले लगानीकर्ताहरुलाई सशंकित र चिन्तित बनाएको छ।

यसै विषयलाई लिएर सेयर बजारका विश्लेषकहरुको भनाई पनि बाझिएको छ। घटबढले नै बजारलाई दरिलो पार्ने र बजार अझै बढ्ने उनीहरुको तर्क छ। बरु, करेक्सनपछि बजार थप बलियो र गतिशील हुने उनीहरुको धारणा छ।

यस्तै अर्कोथरि विश्लेषकहरु भने बजारले अब लिनुपर्ने उचाई हासिल गरिसकेको बताउँछन्। बजारले यो बिन्दुभन्दा माथि बजार नजाने र २५ सय बिन्दुको वरिपरि नै नेप्से रहने उनीहरुको अनुमान छ।

यो साता सेयर बजारमा ठूलो उतार चढाव आएको छ। एक हप्ताभित्रमा सेयर कुनै दिन ह्वात्तै बढ्यो भने कुनै दिन स्वाट्टै झरेको छ। यो साता सेयर बजार २५ सय ५४ दशमलव १३ अंकबाट खुलेको थियो। यो एक सातामा नेप्से सूचक ४७ दशमलव ५२ अंकले घटेर २५ सय ६ दशमलव ६८ अंकमा रोकिएको छ। यो साता कुल ३२ अर्ब बराबरको कारोबार भयो।

यो साताको पहिलो दिन नै आइतबार नेप्से सूचक ७९ दशमलव ७४ अंकले घटेको थियो। उक्त दिन नेप्से २४ सय ७४ दशमलव ३९ बिन्दुमा बन्द भयो। आइतबार कारोबारो रकम भने केही बढेको थियो। उक्त दिन ८ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।

यस्तै सेयर बजार सूचक सोमबार ४० दशमलव ६४ अंकले बढेको थियो। नेप्से सूतक बढेर २५ सय १५ दशमलव ०३ विन्दुमा बन्द भयो। उक्त दिन ५ अर्ब ६९ कारोड रुपैयाँ भन्दा बढीको सेयर करोबार भयो।

साताको तेस्रो दिन नेप्से सूचक मंगलबार ५९ दशमलव ७० अंकले घटेको थियो। करेक्सन भएको नेप्से २४ सय ५५ दशमलव ३३ विन्दुमा झरेको थियो। उक्त दिन ६ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भयो।

यस्तै बुधबार नेप्से सूचक ३९ दशमलव २३ अंकले घटेर २४ सय १६ विन्दुमा रोकियो। उक्त दिन ६ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।

केही दिनयता सेयर बजारमा ठूलो गिरावट आउन थालेका लगानीकर्तामा निराशा छाएको अवस्थामा कारोबारको अन्तिम दिन बिहीबार आएको उछालले राहत दिएको छ। बिहीबार एकै दिन नेप्से ९० दशमलव ६७ अंकले बढ्यो।

यो सँगै परिसूचकले २५ सयको विन्दु पार गरेको छ। सूचक २५ सय ६ दशमलव ०६ अंकमा बन्द भयो। उक्त दिन ६ अर्ब ५ करोड भन्दा बढी सेयर बराबर भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *