चलचित्र “जीरो विवादमा, शाहरुख खानबिरुद्व प्रहरीमा उजुरी

डिसी नेपाल
२० कार्तिक २०७५ १२:०१

एजेन्सी। शाहरुख खान अभिनित फिल्म ‘जेरो’को ट्रेलर हालै सार्वजनिक भयो। बहुप्रतिक्षित फिल्मको ट्रेलर शाहरुखको ५३ औं जन्मदिनमा सार्वजनिक गरिएको हो। फिल्मले होचा पुड्काको कथा बोल्छ। शाहरुखले पनि होचा व्यक्तिको अभिनय गरेका छन्। ट्रेलर सार्वजनिक भएदेखि फिल्मलाई लिएर शिख समुदाय असन्तुष्ट छन्।

हालै दिल्ली शिख गुरुद्वारा म्यानेजमेन्ट कम्यूनिटीका महासचिव मजिन्दर सिंह सिर्साले शाहरुख र फिल्मका निर्देशक आनन्द आर एल विरुद्ध प्रहरीमा उजुरी गरेका छन्। भारतीय मिडियाका अनुसार मजिन्दरले शारुखको फिल्मले शिखहरुको भावनामा दख्खल पुर्‍याएको बताएका छन्। उनले भने ‘फिल्ममा शाहरुखले गत्र किर्पान (एक किसिमको तरवार) लगाएका छन्। यो शिखको मर्‍यादा पलान गर्नेले मात्र लगाउन पाउँछ’।

उनले शाहरुखले गत्र बोकेको फिल्मको प्रोमोसमेत हटाउन उजुरी दिएका छन्। उनले टुइटरमा पनि उजुरी पत्र सार्वजनिक गरेका छन्। फिल्ममा शाहरुखसँगै अनुश्का शर्मा कट्रिना कैफलगायतको अभिनय छ। डिसेम्बर २१ गतेदेखि फिल्म प्रदर्शनमा आउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *