बामदेव गौतमलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटी पुगे

डिसी नेपाल
२१ फागुन २०७७ १९:०९
572
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेकपा राष्ट्रिय एकता अभियान बनाएर छुट्टै हिँडिरहेका वामदेव गौतमलाई भेट्न शुक्रबार गौतम निवास भैंसेपाटी पुगेका छन्। गौतम निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली गौतमसाग सहयोग माग्न भैंसेपाटी पुगेका हुन्।

प्रधानमन्त्री ओली केही आफू निकट नेताहरुलाईसमेत साथमा लिएर गौतम निवास पुगेको गौतमको सचिवालयले जनाएको छ।

तर दुई नेताहरुबीच के कुरा भयो भन्ने विषयमा भने विस्तृत जानकारी दिइएको छैन।

नेकपा दुई समूहमा विभाजन भएपछि गौतम कुनै पनि समूहमा नलागी आफ्नै छुट्टै समूहमा बनाएर सक्रिय छन्। आइतबार प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *