ललितपुरबाट चोरी भएर अमेरिकामा रहेको लक्ष्मी–नारायणको मूर्ति नेपाललाई हस्तान्तरण

डिसी नेपाल
२२ फागुन २०७७ १०:३२
188
Shares

काठमाडौं । ललितपुरको नारायण मन्दिरबाट १९८४ मा चोरी भई अमेरिकामा रहेको लक्ष्मी–नारायणको मूर्ति नेपालले प्राप्त गरेको छ। अमेरिकास्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रममा राजदूत युवराज खतिवडाले उक्त मूर्ति प्राप्त गरेका हुन्।

अमेरिकी सरकारका प्रतिनिधि तिमोथी एए। दुन्हामले राजदूत खतिवडालाई उक्त मूर्ति दिएको दुतावासले विज्ञप्ति मार्फत जनाएको छ। विज्ञप्तिमा युवराज खतिवडाले हराएको मूर्ति आफ्नो मौलिक स्थानमा पुर्नस्थापना गर्न सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद दिएका छन्।

सांस्कृतिक सम्पदाको संरक्षणमा दुई देशबीच भएको यो सहयोगले दुई देशबीचको बहुआयामिक र लामो समयदेखिको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउन अपार योगदान पुग्ने विस्वास राजदूत खतिवडाले लिएका छन्।

राजदूत खतिवडाले यस सामुहिक प्रयासमा संलग्न सबै मिडिया, विशेषज्ञ र अमेरिकी एजेन्सीहरुलाई विशेष गरी अमेरिकी डिपार्टमेन्ट अफ स्टेट, काठमाडौंस्थित अमेरिकी दूतावास, डालस म्युजियम अफ आर्टस् र एफबिआइलाई धन्यवाद पनि दिएका छन्।

उक्त लक्ष्मी नारायणको मूर्ति १९८४ मा ललितपुरको नारायण मन्दिरबाट चोरी भएको र ८० को दशकको अन्ततिर गैरकानुनी रूपमा संयुक्त राज्य अमेरिका पुर्याइएको रिपोर्ट गरिएको थियो । सन् १९७० मा सांस्कृतिक सम्पत्तिको स्वामित्वको अवैध आयात, निर्यात र हस्तान्तरणलाई निषेध र रोकथाम गर्नेसम्बन्धी युनेस्को महासन्धिको ढाँचाभित्र याे मूर्तिकाे पुनर्स्थापनामा सहयोग भएको हाे।

मूर्तिलाई तोकिएको समयमा नै नेपामा पुर्याइने र उपयुक्त स्थानमा स्थापना गरिने छ । हस्तान्तरण समारोहमा अमेरिकी राज्य विभाग, एफबिआइ र मिडियाका अधिकारीहरु पनि उपस्थित थिए।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *