मेलम्चीकाे पानी उपत्यका पुग्दा (फोटोफिचर)
काठमाडौं। बहुप्रतीक्षित मेल्मचीको पानी अन्ततः काठमाडौं पुगेको छ। काम सुरु भएको दुई दशकपछि मेलम्चीको पानी शनिबार सुन्दरीजल आइपुग्यो। मेलम्चीको पानी काठमाडौंको पुगेको अवसरमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सुन्दरीजलमा विशेष कार्यक्रमसमेत आयोजना गरियो।

यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पठाइएको पानी त्यसको १२ दिनपछि शुक्रबार सुन्दरीजल पुगेको छ। मेलम्चीको पानीको स्वागतको लागि प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् सुन्दरीजल पुगेका छन्।

पानी काठमाडौं पुगे पनि प्रयोगका लागि धारामा पुग्न भने अझै केही समय पर्खिनु पर्ने छ। सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ।

सुरुमा सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुङको पानी बागमतीमा फालिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। त्यसैले मेलम्चीको पानी काठमाडौंको धारामा आउन अझै केही समय कुर्नु पर्ने देखिन्छ।



No ads found for this position

डिसी नेपाल
Facebook Comment