सरकारमा सहभागी होइन, जनमत संग्रहमा जान सकिन्छ : नेता पुन
मलेसिया। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता ओमप्रकाश पुनले तत्काल सरकारमा सहभागी हुने कुर्न सभावना नरहेको बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै नेता पुनले ससदीय व्यवस्था बारम्बार असफल भएको भन्दै यो विषयमा जनमत संग्रह गर्नुपर्ने समेत बताए।
‘अहिले नै सरकारमा सहभागी हुने सभावना छैन,’ उनले भने, ‘वर्तमान राज्य सत्ता विघटन भएर अर्को क्रान्तिकारी सरकार गठन भए त्यस्तो सरकारमा सहभागी हुन आफूहरुलाई समस्या हुँदैन।’
उनले संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने उनले बताए। सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्ध हटाएको थियो। सरकारी प्रतिबन्ध हटेसँगै पक्राउ परेका नेता कार्यकर्ता हिरा हुन थालेका छन्।
नेता पुनले आफूहरुले उठाएको माग सम्वोधन हुने सर्तमा खुला राजनीतिमा आएको उल्लेख गर्दै सहिद परिवार, वेपत्ता योद्धा, घाइते परिवार र नेपाली जनताको आमुल परिवर्तनको चाहनालाई मर्न र अलपत्र हुन नदिने बरु त्यसका लागि जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताए।
उनले सरकारसँग तीन बुँदे बाहेक आन्तरिक रुपमा कुनै अन्य सहमति नभएको उल्लेख गर्दै त्यस विषयमा भ्रम नछर्न सबैलाई आग्रह गरे।







डिसी नेपाल







Facebook Comment