नेपाल आयल निगमको थानकोट डिपो, रि–ईन्जीनीयरिङ परियाेजनाको उद्योगमन्त्रीद्वारा उद्घाटन

डिसी नेपाल
२३ फागुन २०७७ ७:१३

काठमाडौं । नेपाल आयाल निगमको बाग्मती प्रादेशिक कार्यालय अन्तर्गतको रि–ईन्जीनीयरिङ परियोजनाको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्घटन गरेका छन्। शनिबार एक कार्यक्रमकाबीच उक्त परियोजनाको उद्घाटन गरेका हुन्।

निगमले प्रेस विज्ञप्तिमार्फत परियोजनाको उद्घाटन भएको जानकारी गराएको छ। निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०५८ सालदेखि सञ्चालनमा आएको चन्द्रागिरी नगरपालिका वडा नं. ३ को थानकोट स्थित नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालयमा रिईन्जिनियरिङ्ग परियोजनाको प्रथम चरण अन्तरर्गत कार्यालय स्तरोन्नति,आधुनिक TLF Shed निर्माण, 200 Tank Truck Parking गर्न सकिने Parking Yard , Fire Fighting System , Flow Meter तथा Civil works अन्तर्गत RCC Access Road र Boundary wall को माननीय उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टज्यूबाट आज एक विशेष कार्यक्रमकाबीच समुद्घाटन सम्पन्न भयो।’

बढ्दो जनसंख्या, उपभोक्ताको जीवनस्तरमा आएको सुधार, सडकमार्गको विस्तार, सवारी साधनको संख्यामा भएको बृद्धि तथा यस क्षेत्रमा निरन्तर बृद्धि हुदै गईरहेको आर्थिक क्रियाकलापको कारणले गर्दा पेट्रोलियम पदार्थको मागमा बार्षिक करिब १० प्रतिशतका दरले बृद्धि हुदै गईरहेको निगमले जनाएको छ।

उक्त डिपोलाई आधुनिकिकरण गरि डिपोलाई स्तरोन्नति गर्ने उद्धेश्यले अन्तराष्ट्रिय मापदण्ड अनुसार सुरक्षाका उपाय एंव प्रविधिहरु अपनाई रि-ईन्जिनियरिङ्ग परियोजनाको प्रथम चरण अन्तरर्गत निम्न योजनाहरु सम्पन्न गरिएको निगमले जनाएको छ।

कार्यक्रममा मन्त्रालयका सचिव तथा निगम संचालक समितिका अध्यक्ष श्री दिनेश भट्टराई, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, सह-सचिव एवं निगम संचालक समितिका पदाधिकारीहरु, निगमका कार्यकारी निर्देशक, निगमका नायव कार्यकारी निर्देशक, निर्देशकहरु तथा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोशिएसनका अध्यक्ष, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष,बागमती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष, काभ्रे पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लगायत उपस्थिति रहेको निगमले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *