प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

डिसी नेपाल
२३ फागुन २०७७ ११:०२
72
Shares

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन्। प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर खोप लगाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुभारम्भ भएको छ। यस अभियानअन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ।

अभियान शुरु गर्नका लागि शिक्षण अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी पनि पुगेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *