सभामुख सापकोटासँग प्रचण्ड–नेपालको भेट

डिसी नेपाल
२३ फागुन २०७७ १२:१९
164
Shares

काठमाडौं। प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा सभामुख अग्नि सापकोटासँग नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले भेटवार्ता गरेका छन्।

आइतबार विहान सभामुखको कार्यकक्षमा प्रचण्ड र नेपालले सभामुखसँग सापकोटासँग भेटवार्ता गरेका हुन्।

दुई समूहका विभाजित बनेको नेकपा कानुनी रुपमा विभाजित भइनसकेको अवस्थामा आजै बस्ने प्रतिनिधिसभा बैठकलगायतका विषयमा अध्यक्षद्वय प्रचण्ड र नेपालले सभामुखलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भेटवार्तामा के विषयमा छलफल भयो भन्ने विषय खुलाइएको छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.