साताको पहिलो दिन नै सेयर बजार घट्यो

डिसी नेपाल
२३ फागुन २०७७ १५:४३

काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से साढे २१ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २ हजार ४ सय ८५ दशमलव ०९ अंकमा कायम भएको छ।
यस दिन कुल २ सय ११ कम्पनीको १ करोड १७ लाख ७८ हजार ८ सय २० कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ५४ करोड रुपैयाँभन्दा धेरै रकम कारोबार भयो।

यस दिन होटल तथा पर्यटन र जलविद्युतबाहेकका सबै समूह घटेका छन्। होटल तथा पर्यटन ५० र जलविद्युत १८ अंकले बढेका छन्।

बैंकिङ १२, ब्यापार १८१, विकास बैंक ५, फाइनान्स ३, निर्जीवन बीमा ८५, उत्पादन ८२, अन्य १७, माइक्रोफाइनान्स ५१, जीवन बीमा ३०६ र लगानी समूह १ अंकले घटेका छन्।

समग्र बजार घटे पनि तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपर्स र रैराङ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सबैभन्दा धेरै ४२ करोड रुपैयाँ बराबरको कारोबार भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *